राजधानीका सडकमा सवारी चाप बढ्यो
काठमाडौं । गएरातीबाट लकडाउन खुला भएसँगै राजधानीका सडकहरुमा सवारी चाप बढेको छ । १ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो । सरकारले लकडाउन खुला गरेसँगै छोटो दुरीका सबै सवारी साधन सञ्चालनमा रहेका छन् । बुधबारबाट जोर विजोर प्रणालीसमेत हटेको छ ।
सवारी चाप बढेसँगै लकडाउन अघिकै अवस्थामा चेकजाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्यकामा ठाउँठाउँमा चेकजाँच सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए ।
दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सहज बनाउने हिसाबले पूर्ण रुपमा ट्राफिक नियम पालना अभियान सुरु गरिएको उनले बताए । संक्रमणको जोखिमकाबीच सार्वजनिक सवारी समेत सञ्चालनमा आएको अवस्थामा सामाजिक दुरी कायम भए/नभएको, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएको÷नअपनाएको पनि चेकजाँच भइरहेको उनले बताए । ड्युटीमा खटिएका ट्राफिक प्रहरी समेत सामाजिक दुरी कायम गरेर काम गरिरहेको उनले बताए ।
प्रमुख ढकालले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन पनि आग्रह गरेका छन् । ट्राफिक नियम उल्लंघन गरी मापसे सेवन गरी सवारी सञ्चालन गरेको पाइए कडा कारवाही गरिने उनले बताए । मापसे सेवन गरेको आशंका लागेमा स्वास्थ्य संस्थामा लगेर मेडिकल परीक्षण गरी र कानून अनुसार कारवाही गरिने समेत उनले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण