सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजधानीका सडकमा सवारी चाप बढ्यो

बुधबार, ०७ साउन २०७७, १८ : २८
बुधबार, ०७ साउन २०७७

काठमाडौं । गएरातीबाट लकडाउन खुला भएसँगै राजधानीका सडकहरुमा सवारी चाप बढेको छ । १ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो । सरकारले लकडाउन खुला गरेसँगै छोटो दुरीका सबै सवारी साधन सञ्चालनमा रहेका छन् । बुधबारबाट जोर विजोर प्रणालीसमेत हटेको छ ।

सवारी चाप बढेसँगै लकडाउन अघिकै अवस्थामा चेकजाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्यकामा ठाउँठाउँमा चेकजाँच सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए । 

दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सहज बनाउने हिसाबले पूर्ण रुपमा ट्राफिक नियम पालना अभियान सुरु गरिएको उनले बताए । संक्रमणको जोखिमकाबीच सार्वजनिक सवारी समेत सञ्चालनमा आएको अवस्थामा सामाजिक दुरी कायम भए/नभएको, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएको÷नअपनाएको पनि चेकजाँच भइरहेको उनले बताए । ड्युटीमा खटिएका ट्राफिक प्रहरी समेत सामाजिक दुरी कायम गरेर काम गरिरहेको उनले बताए ।

प्रमुख ढकालले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन पनि आग्रह गरेका छन् । ट्राफिक नियम उल्लंघन गरी मापसे सेवन गरी सवारी सञ्चालन गरेको पाइए कडा कारवाही गरिने उनले बताए । मापसे सेवन गरेको आशंका लागेमा स्वास्थ्य संस्थामा लगेर मेडिकल परीक्षण गरी र कानून अनुसार कारवाही गरिने समेत उनले चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप