शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि

शुक्रबार, ०९ साउन २०७७, ०८ : २५
शुक्रबार, ०९ साउन २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा बिहिबार थप २७ जना कोरोना पुष्टि भएपछि सकृय संक्रमितको संख्या १ हजार ७४८ पुगेको छ ।  

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट २६ र डडेल्धुरा अस्पतालबाट १ जनामा कोरोना पुस्टी भएपछि संकृय संक्रमित संख्या १ हजार ७४८ पुगेको हो ।

यसअघि ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । बिहिबार गरेको परिक्षणमा कंचनपुरका २१ पुरुष, ५महिला, डडेल्धुरा १ महिलामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए ।

प्रदेशमा हालसम्म ३० हजार ३१८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार २८२ मा नेगेटिभ आएको उनले बताए ।

३ हजार ३६४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ५४ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३००, बझाङ्गका १७१ ,बाजुरा ४४६, डडेल्धुराका २९१, दार्चुलाका २०, डोटीका ५९२ , कैलालीका १०६७ र कंचनपुरका ५१२ गरि ४ हजार ३६ रहेका छन । जस्मा महिला ९५० र पुरुष ३ हजार ८६ रहेका छन । क्वारेन्टिाईनमा ४ हजार १३३ पुरुष र १ हजार ६५४ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५६ गरी ७० जनाको उपचार भईरहेको छ ।

७६९ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् । टिकापुरमा २३, महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप