अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा
एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनौतले नपोटिज्म, केही सेलिब्रेटी, फिल्म निर्माता र प्रोड्युसरहरुको विरुद्ध मोर्चा नै खोलेकी छिन् । उनले बलिउडमा हुने पक्षपातको विषयमा निकै ठूलो आवाज उठाएकी छिन् ।
एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डेले सुशान्तको बारेमा गरेका केही विषयहरुको खुलासा गरेकी छिन् । उनले अंकिताको भनाईलाई उद्धृत गर्दै सुशान्तले बलिउडमा निकै अपमान भोग्न परेको बताएकी छिन् ।
उनले सुशान्तले बलिउडमा सञ्चार माध्यमको नकारात्मक भूमिका र व्यवसायिक एक्लोपन (प्रोफेशनल आइसोलेसन) को समेत भोग्नुपरेको कंगनाले खुलाएकी छिन् ।
‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ मा एकसाथ काम गरेका कंगना र अंकिताले सुशान्तको बारेमा कुराकानी गरेका थिए । अंकिताले सुशान्तले बलिउडमा निकै अपमान भोग्नुपरेको र त्यस्तो अपमान सहन नसकेर पीडामा भएको समेत बताएकी थिइन् । सुशान्तले अडिशन नै अडिशन दिएका थिए भने रिजेक्शन पनि उत्तिकै भोगेका थिए ।
यति हुँदाहुँदै पनि सुशान्तले आफूलाई संघर्षको मैदानमा लडिरहेका थिए र आफूलाई सुपरस्टार बनाएका थिए । तर पनि उनी बलिउडको अपमानका कारण निकै दुखी भएको कंगनाले उल्लेख गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा दुई कार्यकालको व्यवस्था : बदमासी गरे को–को हुनेछन् फिर्ता ?
-
श्रम शोषणले डाक्टरहरू विदेशिए, भविष्यमा गम्भीर अभाव हुन्छ : सांसद ओली
-
‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?
-
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
-
प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण