वर्षा र बाढीको बहानामा तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि
काठमाडौं – वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर–तेब्बर भएको छ । यो बाढीको बहानामा बिचौलियाले खेलेको खेल हो ।’ यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आय गणनामा नयाँ व्याख्या गर्दै सर्वोच्चले भन्यो– अस्वाभाविक जीवनपद्धति नै भ्रष्टाचार हो
-
लुम्बिनीका दुई सांसद जसपामा खुले
-
मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरिने
-
चार जना वरिष्ठ प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली
-
बेलायतले भन्यो– इजरायललाई हतियार नदिए हमास बलियो हुन्छ
-
नेप्से सूचक ८ अंकले बढ्यो, सवा तीन अर्बको कारोबार