नेकपाभित्र देखिएको बहसले पार्टी फुट्दैन : पूर्वमन्त्री तामाङ
काठमाडौं । सत्तारुढ दल नेकपा नेता एव्म पूर्वमन्त्री शेरबहादुर तामाङले नेकपाभित्र देखिएको विवाद र बहसले पार्टी अझ बलियो बन्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै उनले यस्ता किसिमका बहसले पार्टी थप बलियो बन्ने बताए । साथै उनले सत्तारुढ दलभित्रको आन्तरिक विवाद अझै लम्बिने स्पष्ट पारे । पार्टीभित्र जति आन्तरिक विवाद हुन्छ, त्यतिनै पार्टी बलियो हुने उनको भनाई थियो ।
सत्तारुढ दलभित्र समस्या देखा परेपनि कुनै पनि हालतमा पार्टी फुट्न नदिने नेता तामाङले बताए । उनले पार्टीभित्र यस्ता खालका बहस अझै बढनुपर्नेमा जोड दिइ । ‘हामी पार्टीलाई एकताबद्ध हुने गरी लागेका छौं । दुई पार्टीबीच मिलेर चुनाव लड्यौ,गठबन्धनलाई जनताले बहुमत दिए । जनताको यो भावनालाई कदर गर्नुपर्छ’ उनले भने । नेता तामाङले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिय सिस्टममा मुलुक नगएसम्म राजनीति स्थिरता नहुने बताए ।
उनले प्रत्यक्ष कार्यकारी राष्टपतिय प्रणालीमा जानु पर्ने बताउँदै भनेर्, शासकीय पद्धति रहेसम्म हामी आफै ढल्ने छौ । जति सुकै बहुमतको सरकार भएपनि पुरै समय टिक्ने छैनौ । सरकार स्थिर रहने छैन ।’ त्यसैगरि नेपाली काँग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले वर्तमान सरकारले चुनावमा बाचा गरेका कुरा पुरा गर्न छाडेर आन्तरिक विवादमा फस्नु देशको लागि दुर्भाग्य हुने बताए ।
उनले प्रतिपक्षी दल नेपाली काँग्रेसमा पनि विवाद रहेको स्वीकार गर्दै सरकारले जुन ढंगले काम गर्नुपर्ने थियो त्यो अहिलेसम्म हुन नसकेको दाबी गरे । उनले देशमा कोभिड १९ (कोरोना) को व्यवस्थापन गर्न सरकार असफल भएको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण