मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम घटनाका पीडित परिवारलाई ५ लाख प्रदान

बिहीबार, १५ साउन २०७७, ११ : ४३
बिहीबार, १५ साउन २०७७

काठमाडौं । रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उक्त रकम जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गरे ।

गत जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तर्रजातिय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरुसँग केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा मृत्यु भएको थियो । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो ।

नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।
सो घटनाका प्रत्येक मृतकको परिवारलाई परिवारलाई ५० हजारका दरले तीन लाख वितरण गरिने छ भने प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई प्रदान गरिनेछ । 
रकम अष्ट्रेलिया, अमेरिका लगायत देशबाट गायक यस कुमारको पहलमा संकलन भएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप