रुकुम घटनाका पीडित परिवारलाई ५ लाख प्रदान
काठमाडौं । रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उक्त रकम जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गरे ।
गत जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तर्रजातिय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरुसँग केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा मृत्यु भएको थियो । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो ।
नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।
सो घटनाका प्रत्येक मृतकको परिवारलाई परिवारलाई ५० हजारका दरले तीन लाख वितरण गरिने छ भने प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई प्रदान गरिनेछ ।
रकम अष्ट्रेलिया, अमेरिका लगायत देशबाट गायक यस कुमारको पहलमा संकलन भएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण