पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको विरोध
काठमाडौं । पशुपति क्षेत्र विकाश कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । पशुपति क्षेत्र आसपासका प्राचीन बस्ती विस्थापित गर्नेगरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । स्थानीयहरुले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनाश हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका छन् ।
पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मिक महत्त्व बीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन बस्ती नहटाउन स्थानीयले माग गरेका हुन् ।
पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले नेपालको सभ्यता र पहिचान बोकेको मौलिक संस्कृति, मूर्त अमूर्त सम्पदा तथा प्राचीन बस्ती तथा संस्कृति नै विस्थापित गर्नेगरी ल्याइएको गुरुयोजनाको विरोध गरिएको बताए । उनले गुरुयोजना विनाशकारी र अदूरदर्शी रहेकाले खारेज गर्न सरकारसँग माग गरे ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासमा रहेका बस्तीहरु हटाउने गरी एकसय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ । त्यसैको विरोध गर्दै स्थानीयले संवेदनशिल पाशुपत क्षेत्र ‘‘ग्वल’’ लाई पशुपति क्षेत्र विकास कोषले खेलवाड गरी विनाश र विध्वांशात्मक नीति लिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण