रुपन्देहीमा विप्लव समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ
शुक्रबार, १६ साउन २०७७, १९ : २७
बुटवल । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला ईन्चार्जसहित १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई बुटवलबाट पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिको मोतिपुरबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत छन् । जसमा १ जना महिला पनि रहेकी छन् । रुपन्देहीका प्रहरी प्रहरी प्रवक्ता खड्कबहादुुर खत्रीले प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरू गरेको बताए । उनले पक्राउ परेकाहरुको दर्जा पनि सोधखोज भइरहेको रातोापटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण