सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा सांसदसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १७ साउन २०७७, ०६ : ३५
शनिबार, १७ साउन २०७७

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । 

संक्रमित हुनेहरुमा १५ वर्षका बालक देखि ६८ वर्षकी वद्घ महिला  रहेकी छनी । 

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जना मध्ये प्रतिनिधी सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १०, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना, प्रतिनिधी सभा सदस्यका चालक र अङ्गरक्षक १÷१ जना रहेको मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए ।

साउन ११ गते देखि १६ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप