झरनाको पानी किन सेतो देखिन्छ ?
झरनाको पानी सामान्यतः सेतो देखिन्छ । हाम्रो मनमा जिज्ञासा उठ्न सक्छ : पारदर्शी हुने पानी झरनाबाट बग्दा चाहिँ किन सेतो देखिन्छ होला ?
यसका पछाडि वैज्ञानिक कारण लुकेको हुन्छ ।
कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी फर्केको सूर्यको प्रकाश हाम्रो आँखामा परेपछि हामी त्यो वस्तु देख्ने गर्छौँ । त्यसै गरी पानीबाट पनि सूर्यको प्रकाश ठोकिएर फर्कने गर्छ । समथर रुपमा बगेको पानीले एउटा ऐनाको जस्तो काम गर्छ । जस्तो सूर्यको प्रकाश आउँछ त्यसरी नै त्यो फर्कने गर्छ । त्यसैले त्यो बिना रड्डको देखिन्छ । तर झरनाबाट झरेको पानी भने विभिन्न थोपाहरुमा टुक्रिने गर्छन् । यसरी टुक्रेका पानीका थोपाहरुले प्रकाशलाई विभिन्न कोणमा परिवर्तित गर्ने गर्छ । त्यही भएर तिनीहरु सेता देखिने गर्छ । सूर्यको प्रकाश विभिन्न कोणमा बाँड्डिएर हाम्रो आँखामा प¥यो भने सेतो रड्डको देखिन्छ ।
यो कुरा ऐनामा पनि लागु हुन्छ । चिल्लो सतह भएको ऐना रड्डहिन देखिन्छ । तर त्यही ऐनाको सतहलाई खस्रो बनाउने हो भने त्यहाँबाट पनि प्रकाश विभिन्न कोणमा बाँड्डिएर फर्कने भएको हुँदा त्यो सेतो देखिन्छ ।
त्यसै गरी बाँदल र हुस्सुमा पनि पानीका विभिन्न थोपाहरु हुन्छन् । त्यसैले बाँदल र हुस्सु पनि सेतै देखिन्छन् ।
Title Photo: https://media.nationalgeographic.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
-
कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
-
रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन सम्भव छ ?
-
दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण