सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा २४ घण्टाभित्र थप २३ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । आज गरिएको परीक्षणमा ५ महिला र १८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमित हुनेमा कैलालीको धनगढीका वर्ष २८ र ३८ का २ पुरुष, बैतडी पाटनका वर्ष २६ का १ पुरुष, गोदावरी कैलालीका वर्ष ६६ का १ पुरुष, घोडाघोडी १ कैलालीका वर्ष ४१ का १ पुरुष, जोशीपुर १ कैलालीका वर्ष २८ का १ पुरुष, मोहोन्याल ५ कैलालीका वर्ष ३६,२६ का २ पुरुष रहेका छन् ।
यी लगायत २३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । हालसम्म यस अस्पतालबाट १७ हजार ५३६ जनामने कोभिड १९ परीक्षण गरिएको र १६ हजार ९३ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।
पछिल्लो २४ घण्टाभित्र २३८ जनाको परीक्षण भएको छ । हालसम्म कैलाली जिल्लामा मात्रै १४४१ जना कोरोना पोजेटिभ पुष्टि भएको छ भने हालसम्म उपचार भैरहेका शंकास्पद संक्रमित १७९ जना रहेको जनाइएको छ । ती मध्येबाट ७८ जना निको भई घर गइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका छन् : प्रधानमन्त्री
-
वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने
-
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
-
मधेस प्रदेश : ९ महिनामा १४ ठाउँमा डाँकाचोरी
-
‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण