कोरोनाका कारण कुवेतमा ८ नेपालीको ज्यान गयो
बुधबार, २१ साउन २०७७, १७ : ५३
कुवेत । कोरोना भाइरस (कोभिड–१९) का कारण खाडी मुलुक अन्तर्गत कुवेतमा ८ नेपालीको ज्यान गएको छ। गएको चार महिनामा कोरोनासहित विभिन्न कारणले २६ जना नेपालीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो।
त्यसमध्ये ८ जनाको कोरोनाका कारणले मृत्य भएको छ। कोरोनाका कारण मृत्यु हुने मध्य १ महिला र बाँकी ७ पुरुष रहेका छन् । कोरोनाको कारण मृत्यु भएका ८ जना सहित १३ जनाको शव कुवेतमै अन्त्येष्टि गरिएको नेपाली दूतावास कुवेतले जनाएको छ। शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो ।
यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन्। बाँकी १३ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको नेपाली दूतावास कुवेतले जनाएको छ।जसमा ३ महिला र १० पुरुष छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण