अवैध मल बरामद
बिहीबार, २२ साउन २०७७, १० : २२
जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ ।
भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो ।
सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले इजाजतपत्र नलिई मल बिक्री गर्दै आएको पाइएको बताए ।
प्रशासनले ५९ बोरा डिएपी तथा तीन बोरा युरिया मल बरामद गरेको छ । प्रशासनले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ । “मल बिक्रीका लागि कानूनीरुपमा अनुमति लिनुुपछ,,” सहायक प्रजिअ पौडेलले भने, “उक्त पसलले गैरकानूनीरुपमा मल बिक्री गरिरहेको रहेछ, यससम्बन्धी थप अनुसन्धान पनि भइरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण