भारतमा पहिरोमा पुरिएर कम्तिमा ९ जना को मृत्यु, ५७ बेपत्ता
एजेन्सी । भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् । केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा शुक्रबार ठूलो पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको उनीहरुले बताएका छन् । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बताएको उनीहरुको भनाई छ । बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा बलियो टोली खटाइएको अधिकारीहरुले जनाएका छन् ।
उद्धारमा खटिएकाहरुले बेपत्ता भएकाहरुलाई पत्ता लगाउनका लागि पटक पटक धेरै प्रयासहरु गरिरहेको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले जानकारी दिए । उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली गएको जनाइएको छ ।
मुख्यमन्त्रीको कार्यालयले पहिरोमा परेकाहरुलाई उद्धारका लागि हेलिकोप्टर उपलब्ध गराउन सम्पर्क समेत गरेको थियो । अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पु¥याएको छ । यसैबीच चिनियाँ समाचार संस्था सिन्हवाले भने केरलामा आएको पहिरोका कारण कम्तीमा १५ जनाको मृत्यु भएको र १२ जनाको उद्धार गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण