निषेधाज्ञाको पहिलो दिन रौतहटको सबै बजार पूर्ण बन्द
रौतहट – स्थानीय प्रशासनले जारी गरेको ९ दिने निषेधाज्ञाको पहिलो दिन रौतहटमा पूर्ण प्रभाव देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, चन्द्रपुर, गरुडा, कटहरिया लगायत सबै बजारहरु विहानैदेखि बन्द रहेको छ ।
बजारमा रहेका औषधि पसल ,अस्पतालबाहेक अन्य सबै पसल बन्द रहेका छन् ।
सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गमा खाद्यान्न र अत्यावश्यक सवारी साधन र पास लिएका गाडी चलिरहेको र अन्यलाई फर्काइएको ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका सई होम बहादुर भित्रीकोटिले जानकारी दिएका छन् ।
रौतहटमा समुदायभित्र कोरोना भाइरसको संक्रमण फैलिएपछि नियन्त्रणको लागि सिडिओ बाशुदेव घिमिरेले एक सूचना जारी गर्दै २४ गते शनिवारदेखि अगामी २९ गतेसम्म जिल्लाभरी लागूहुने गरि निषेधाज्ञाको निर्देशन दिएका छन् ।
निषेधाज्ञालाई उलंघन गरेर हिंड्नेलाई संक्रामक रोग एेन २०२० अनुसार कारवाही गर्नुका साथै अवधिभरी क्वारेन्टाइनमा राख्ने सिडिओ घिमिरेले चेतावनी दिएका छन् ।
निषेधाज्ञालाई पूर्ण प्रभावकारी बनाउन नेपाल प्रहरीका साथै सशस्त्र र नेपाली सेना समेत परिचालन गरिएको छ ।
रौतहटका प्रहरी प्रमुख एसपी रबिराज खड्काले निषेधाज्ञा पूर्णरुपमा सफल बनाउन नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाको संयुक्त टोली जिल्लाको मुख्य स्थानहरुमा परिचालन गरिएको बताए ।
साथै, ग्रसित बजार तथा गाउँगाउँमा निषेधाज्ञा सफल बनाउन मातहतका सबै प्रहरी युनिटहरुलाई कडाइका साथ निर्देशन दिएको एसपी खड्काले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण