बलात्कार आरोपी पक्राउ
बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र आवश्यक कारवाहीका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
आरोपितलाई मोरङ प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको थियो । २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले असार २८ गते उजुरी दर्ता गरेको थियो । उजुरी दर्ता भएपछि राजविराजबाट फरार भएका युवक विराटनगरमा लुकेर बसेका थिए । पीडितकै सूचनामा आरोपित पक्राउ परेको प्रहरीले जनाएको छ ।
उच्च शिक्षा अध्ययन गर्ने क्रममा राजविराज नगरपालिका–७ स्थित घरमा डेरा लिई बसेको कोठामा कोही नभएको मौका छोपी आएका आरोपितले बलात्कार गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै आएको पीडितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण