आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार सक्रिय छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताएका छन् ।
छब्बीसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको संविधान र प्रचलित कानूनअनुसार सम्पूर्ण आदिवासी जनजातिको सामाजिक,आर्थिक,सांस्कृतिक,भाषिक,कला,साहित्य एवं सीप आदिको उत्थान र विकास गरी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने लक्ष्य तय भएकामा महामारीपछि नेपाललगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा खडा भएको चुनौतीको सामना गर्दै सरकार अग्रसर भएको स्पष्ट गरेका छन् । उनले कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्ना स्थानमा रहेर दिवस मनाउन पनि सबैमा आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा सरिना घलेले जितिन् स्वर्ण
-
नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
-
ललितपुरमा युवतिमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी
-
कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का
-
रास्वपामा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित
-
लुम्बिनी प्रदेश सभामा बजेटमाथि समूहगत छलफल, चार मन्त्रालयको शीर्षकमाथि बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण