काँग्रेसले नै समावेशिताको प्रारम्भ गरेको हो : सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले नै समावेशीताको प्रारम्भ गरेको तथा आदिवासी जनजातिको हक र अधिकारका निमित्त सङ्घर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख गरेका छन् ।
काँग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भइसकेको उल्लेख गर्दै उनले काँग्रेस नेपाली समाजमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवं क्षेत्रीय विविधतालाई नेपाली राष्ट्रियताको धरोहर मान्दछ भने ।
विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै सभापति देउवाले सबै जाति, समुदाय, भाषा, संस्कृतिको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिने’ नीतिको अख्तियार पनि काँग्रेसले नै गरेको बताए ।
नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीको सांस्कृतिक संरक्षणमा यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँले दिवसका अवसरमा आदिवासीको भाषा, संस्कृतिको कदर गर्दै विश्वका समस्त आदिवासीलगायत सबैका बीच विश्व बन्धुत्व एवं आपसी सद्भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गरे ।
विश्वभरका आदिवासी जनजातिमाथिको राजनीतिक, भाषिक, सांस्कृतिक, धार्मिक, शैक्षिक विभेद तथा मानव अधिकार हननलगायत सबैखाले उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र सङ्घद्वारा १९९४ मा घोषणा गरिएको विश्व आदिवासी दिवस (अगष्ट) का दिनलाई विश्वभरिका आदिवासी जनताले अन्तरराष्ट्रिय पर्वका रूपमा मनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण