सुनसान बन्यो पाटन कृष्णमन्दिर : ‘कृष्ण’ले लगाए मास्क, भजनको सट्टामा कोरोना सन्देश (फोटो/भिडियो)
अर्घाखाँचीका केशव नारायण पोखरेल श्रीकृष्ण जन्माष्टमीमा पाटन आउन थालेको २२ वर्ष भयो । अघिल्ला वर्षहरुमा भक्तजनहरुलाई टीका लगाउन उनलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यसवर्ष उनी फुर्सदिला बनेका छन् । यसअघि यो दिन कहिलेपनि यसरी कृष्णमन्दिर सुनसान बनेको थिएन । कोरोना संक्रमण फैलिएका कारण र मन्दिर व्यवस्थापन समितिको मन्दिर बन्द गर्ने निर्णयका कारण भक्तजनको नआएको उनले बताए ।
हिन्दू धर्मावलम्बीहरुको विशेष पर्व श्रीकृष्ण जन्माष्टमीमा अघिल्ला वर्षहरुमा पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको ठूलो भीड लाग्ने गथ्र्यो । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण यस वर्ष पाटनको कृष्ण मन्दिर सुनसान छ । फाट्टफुट्ट रुपमा मात्र भक्तजनहरु मन्दिरमा पूर्जाअर्चनाका लागि पुगेका छन् ।
प्रहरीले मन्दिरलाई डोरीको घेराले छेकेर प्रवेश निषेध गरेको छ भने मन्दिरको बाहिर पूजा गर्ने व्यवस्था मिलाइएको छ । झल्लरी छातामुनी २ जना पुजारी मास्क र पारदर्शी अनुहार कवच लगाएर बसेका छन् । पूजारीको छेउमा दर्शनार्थीबिच दुरी कायम गराउन प्रहरी पनि बसेका छन् । अत्यन्तै न्यून संख्याका भक्तजनले मन्दिर बाहिर टाढाबाट दर्शन गरेर फर्किरहेका छन् ।
भजनको सट्टामा कोराना सन्देश
पाटन कृष्ण मन्दिरमा देखिएको फरक दृश्य हो, कोरोना सन्देश । अघिल्ला वर्षहरुमा भगवान कृष्णको भजन बज्ने गरेको मन्दिर परिसरमा निरन्तर रुपमा कोरोना सन्देश बजाउने गरिएको छ । मन्दिरमा कोरोना भाइरसको लक्षण र सावधानीका उपायसहित सरकारले जारी गरेको नियम पालना नगर्नेलाई कानूनी कारवाही गर्ने चेतावनीयुक्त सन्देश बजिरहेको छ ।
साथै कृष्ण मन्दिरमा ललितपुर महानगरपालिका र मंगलटोल सुधार संघले संयुक्त रुपमा फ्लेक्स प्रिन्ट गरेर सूचना बोर्ड राखेको छ । जहाँ साउन २४ गतेको निर्णय अनुसार आज पर्न गएको श्रीकृष्ण जन्माष्टमीको दिन कोरोना भाइरस संकटका कारण कृष्ण मन्दिर बन्द हुने र भक्तजनहरुलाई घर घरमै पूजा गर्न भनिएको छ ।
मंगलटोल सुधार संघका एक प्रतिनिधि स्वंयसेवक महेश जोशीले कोरोना संक्रणको कारण मन्दिर बन्द रहेको बताए । बिहानको समयमा भक्तजनहरु धेरै भएपनि दिउँसोको समयमा सुनसान रहेको उल्लेख गरे । उनका अनुसार विगतमा भक्तजनको भीड व्यवस्थापन गर्न ५ सय स्वयमसेवक खटाउने गरिएकोमा यसवर्ष ४० वटा स्वयंसेवक पास जारी गरिएको छ । ४० मध्यपनि मन्दिर परिसरमा जम्मा ६ जना स्वयम्सेवक मात्र खटिएको उनले बताए ।
कृष्णको भेषमा मास्क लगाएका बालबालिका
कृष्णजन्माष्टमीमा बालबालिकालाई कृष्णको भेषभुषामा सजाउने गरिन्छ । पाटनको कृष्णमन्दिर पुगेका केही बालबालिका कोरोना संक्रमणबाट बच्न मास्कसहित कृष्णको भेषमा सजिएका थिए । मन्दिर पुगेका अधिकांश भक्तजनहरु मास्क लगाएर गएका थिए । मास्क नलगाई मन्दिर पुगेका भक्तजनलाई प्रहरीले मास्क वितरण गरेको थियो ।
पाटनको दरबार परिसरमा रहेको कृष्णमन्दिर विं.स. १६९३ मा पाटनका राजा सिद्धिनसिंह मल्लले बनाउन लगाएका हुन् । ढुङ्गै ढुङ्गाले बनेको कलात्मक यो मन्दिरमा २१ वटा गजुर रहेका छन् । विश्वसम्पदा सूचीमा समावेश रहेको यो मन्दिरमा श्रीकृष्ण जन्माष्टमीमा ठूलो मेला लाग्ने गरेको छ ।
हेर्नुहोस् भिडियोः
थप तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण