हेटौंडामा ट्रक र अटो ठोक्किँदा २ जनाको मृत्यु
बिहीबार, २९ साउन २०७७, १५ : ५७
हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार हेटौंँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंँडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो ठोक्किँदा दुर्घटना भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका ५ डिल्लीपुरका करीब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन छन् । घाइते अटो चालक मनहरी– ५ वसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण