कोरोना संक्रमणबाट धनुषामा थप १ जनाको मृत्यु
जनकपुर । कोरोना संक्रमणका कारण थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ धनुषाकी थप एक महिलाको मृत्यु भएको हो । बर्दिबासस्थित एक निजी अस्पतालमा भर्ना भएकी धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केबर बस्ने ६० वर्षीया महिलाको रोग पत्ता नलागेपछि थप उपचारको लागि धरानस्थित बिपि कोइराला अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका लागि भर्ना भएपछि कोरोना महिलामा संक्रमण भएको पुष्टि भएको थियो ।
उपचारका क्रममा उनको बिहिबार मृत्यु भएको हो । करिब एक साता पहिले ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक महिलाको शव धरानबाट गृहनगर ल्याई मिथिला नगरपालिकाको पहलमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण