माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा शुरु
बिहीबार, २९ साउन २०७७, १९ : १८
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेट (WeChat Wallet)को भुक्तानी सेवा भित्र्याएको छ ।
नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।
उक्त सम्झौतापश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वीच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजीसँगको सहकार्यमा उक्त वीच्याट वालेट संचालनमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण