शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवल उपमहानगरका कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सबै सेवा ठप्प

आइतबार, ३२ साउन २०७७, १४ : ३६
आइतबार, ३२ साउन २०७७


बुटवल ।  बुटवल उपमहानगरपालिका कर्मचारीलाई कोरोना संक्रमण भएपछि नियमति कामकाज बन्द गरिएको छ ।

३ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाले अत्यावश्यक सेवा बाहेक अरु सबै नियमित सेवा बन्द गरेको हो । 

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले  एक सूचना निकालेर कोभिडविरुद्ध खटिएकै बेलामा कर्मचारीलाई समेत संक्रमण देखिएपछि सेवा वन्द गर्नुपरेको उल्लेख गरेका छन्।
उपमहानगरपालिकाको कार्यालयका २ जना अधिकृत र १ जना कर्मचारी गरी ३ जनामा कोरोना संक्रमण देखिएको उनले बताए । 
यस्तै उपमहानगरभित्रका बैक तथा सहकारीलाई  पनि नगद  कारोवार नगर्न दिर्देशन दिइएको छ।  ब
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप