नारायणकाजी श्रेष्ठ भन्छन्ः ‘पार्टी एकताको रक्षा सुनिश्चित भएको छ’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । उनले पाटीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले काम समेत थालिसकेको भन्दै तात्कालिन रुपमा कोभिड १९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुनर्निर्माण र अन्ततः राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने बताएका छन् ।
उक्त प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने प्रवक्ता श्रेष्ठको भनाई छ । उनले कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको समेत बताएका छन् । ‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टीभित्र केही बिषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ’ श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण