सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र गरिएको ५२७ जनाको परीक्षण बाट ४ जना पुरषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालाबाट २४ घण्टाभित्र ५२७ परीक्षण गरिएको र थप ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
पुष्टि हुनेमा कञ्चनपुरको कृष्णपुर २ का ५२ वर्षका १ पुरुष, कैलाली धनगढी ४ का २६ का १ जना पुरुष, धनगढी १९ कै २२ का १ जना पुरुष, गोदावरी १२ कैलाली, वर्ष ४० का १ जना पुरुष रहेको उनले बताए ।
हालसम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट २३ हजार ८८२ गरिएको परीक्षणबाट २२ हजार २६१ जनामा नेगेटिभ रिजल्ट आएको छ भने फेला संक्रमित १६२१ रहेको श्रेष्ठको भनाई छ । उनका अनुसार १९४ शंकास्पद बिरामीको उपचार भएको र ८६ जना संक्रमित सामान्य उपचारपछि घर गइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण