रुपन्देहीको तिलोत्तमामा एकसाता साइकल र किराना पसल समेत बन्द
बुटवल – कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्षसहित रुपन्देहीमा स्थानीय तहहरु धमाधम सिल हुने क्रम जारी छ ।
यसैक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक साताका लागि पूर्णलकडाउन गरिएको छ । भोलि बुधबार साँझ ७ बजेपछि भदौ १० गते साँझ ७ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
सुरक्षा निकाय, राजनीतिक दल, व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा आज बिहान बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले पूर्णलकडाउन गर्ने निर्णय गरेको हो ।
समुदायस्तरमा समेत संक्रमण देखिन थालेकाले एक साताका लागि लकडाउन गरिने र पिसिआर परीक्षणलाई समेत बढाइने नगर प्रमुख वासुदेव घिमिरेले बताए ।
लकडाउनमा दुग्ध पसललाई भने बिहान ६ देखि ८ बजेसम्मका लागि छुट दिने, तर अन्य किरानासहित सबैखाले पसल व्यवसाय बन्द गरिने छन् । त्यस्तै उद्योगधन्दा, कलकारखाना, निर्माण, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सवारीसाधन (साइकल समेत) पूर्णतः बन्द गर्ने सिसीएमसी बैठकले निर्णय गरेको छ ।
तिलोत्तमा नगरपालिकामा अहिलेसम्म ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जना निको भइ घर गएका छन् । २८ जना आइसोलेशनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ रुपन्देहीको बुटवल उपमहानगरपालिका , सिदार्थ नगरपालिका , सैनामैना नगरपालिमा यस अघि नै लकडानउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण