पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेजीका लागि सिफारिस
नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई वर्षसम्म सदस्यता नवीकरणका लागि महासङ्घको सम्पर्कमा नआएका सदस्यको सदस्यता खारेजका लागि पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
महासङ्घमा शुद्धीकरणको चर्चा चलिरहेका बेला महासङ्घले विधानअनुरूप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यको सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यावाहक अध्यक्ष उपाध्यायले जानकारी दिए ।
“आगामी बैठकबाट निष्क्रिय, विदेशिएका, निर्वाचित जनप्रतिनिधि र सरकारी जागिरमा रहेका सदस्यको पनि सदस्यता खारेजीका लागि पहल गर्नेछौँ”, उनले भने । विसं २०५३ मा स्थापना भएको महासङ्घ कञ्चनपुरमा २६० साधारण सदस्य छन् । त्यसमध्ये ३३ जनाको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल
-
‘शिवांश : च्याप्टर–१’को छायाङ्कन सुरु
-
विकास साझेदारसँग आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा छलफल
-
समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै
-
‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’
-
३५ दिनमा 'जनै हराएको बाहुन'को इन्डक्ल्याप