पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेजीका लागि सिफारिस
नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई वर्षसम्म सदस्यता नवीकरणका लागि महासङ्घको सम्पर्कमा नआएका सदस्यको सदस्यता खारेजका लागि पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
महासङ्घमा शुद्धीकरणको चर्चा चलिरहेका बेला महासङ्घले विधानअनुरूप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यको सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यावाहक अध्यक्ष उपाध्यायले जानकारी दिए ।
“आगामी बैठकबाट निष्क्रिय, विदेशिएका, निर्वाचित जनप्रतिनिधि र सरकारी जागिरमा रहेका सदस्यको पनि सदस्यता खारेजीका लागि पहल गर्नेछौँ”, उनले भने । विसं २०५३ मा स्थापना भएको महासङ्घ कञ्चनपुरमा २६० साधारण सदस्य छन् । त्यसमध्ये ३३ जनाको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण