सशस्त्र प्रहरी अस्पतालमा थप एक वृद्धको कोरोनाबाट मृत्यु
शुक्रबार, ०५ भदौ २०७७, १४ : २७

काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा थप एक वृद्धको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सप्तरी घर भई हाल धापासी काठमाडौँ बस्ने ७७ वर्षीय मुरारीप्रसाद उपाध्यायको मृत्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता तथा एसपी डा.प्रविण नेपालले बताए ।
मुरारीलाई बिहीबार साँझ ग्रिन सिटी अस्पतालबाट रिफर गरेर सशस्त्र अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको भोलिपल्ट अर्थात शुक्रबार बिहान १० बजेको समयमा मुरारीको मृत्यु भएको एसपी नेपालले बताए ।
मुरारीको शव व्यवस्थापनको लागि कोही पनि नआएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार साँझ बालुवाटार निवासी ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय