अंकिता लोखंडेका पूर्व र हालका प्रेमीबीच अँगालो हालिएको तस्बिर चर्चामा
अंकिता लोखंडेका पूर्व प्रेमी दिवंगत अभिनेता सुशान्त सिंह राजपूत र प्रेमी विक्की जैनको एउटा तस्बिर इन्टरनेटमा चर्चाको विषय बनेको छ । यसमा सुशान्त र विक्कीले एक–अर्कालाई अँगालो हालिरहेको देख्न सकिन्छ । यस्तै सुशान्तले गालामा चुम्बन गर्दा विक्कीले रोचक एक्सप्रेसन दिएका छन् ।
सुशान्तको हेयरस्टाइल हेर्दा यस्तो लाग्छ कि यो फोटो सन् २०१५–२०१६ मा खिचिएको थियो किनभने सुशान्तले त्यतिबेला आफ्नो फिल्म ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’ का लागि कपाल पालेका थिए ।
स्मरण रहोस् सुशान्त र अंकिता लोखंडे सन् २०१० देखि २०१६ सम्म सम्बन्धमा थिए । उनीहरु पहिलो पटक आफ्नो हिट टिभी शो ‘पवित्र रिश्ता’ को सेटमा भेटेका थिए र त्यति नै बेला यी दुईबीच प्रेम बस्यो । केही वर्षपछि सुशान्तले फिल्ममा करियर बनाउनका लागि कार्यक्रम छोडेका थिए ।
अंकिता यतिबेला विक्की जैनसँग डेट गरिरहेकी छिन् । केही दिन अघि अंकिताले मुश्किल समयमा विक्कीको साथ र समर्थनलाई आफ्नो शक्ति बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण