श्रीमान् अस्पतालको शैयामा, श्रीमती खोलामा मृत फेला
गुल्मी । मुसिकोट नगरपालिका–४ बडागाउँ दोभानकी विष्णुमाया कुमाल चन्द्रकोट गाउँपालिका–८, तुराङ्ग बाघखोलास्थित बडिगाड खोलाको बगरमा मृत फेला परेकी छन् । मृतक विष्णुमायाका पति रेशम कुमाल दुई महिनादेखि हृदयघात भई भारत गुजरातस्थित एउटा अस्पतालमा उपचाररत छन् ।
बिहीबार बिहान बडिगाड खोलामा मृत फेला परेकी छन् । उनको शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी केदारराज पन्थले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्नेबारे प्रष्ट हुने बताए ।
दोभानस्थित मृतकका छिमेकी टिका गुरुङका अनुसार बुधबार विष्णुमाया कुमाल दिनैभर छिमेकी भिमबहादुर कुमालको घरमा बसेकी थिइन् । मृतक विष्णुमाया १५ वर्षीय एक छोराका साथ बस्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण