शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दाङमा एक हप्ता निषेधाज्ञा

शुक्रबार, १२ भदौ २०७७, २१ : ०६
शुक्रबार, १२ भदौ २०७७

घोराही । आइतबार रातिदेखि दाङमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिलल प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए ।

स्थानीय प्रशासनका अनुसार जिल्लामा हालसम्म ७४८ जना संक्रमित फेला परेका छछन् भने त्यसमध्ये अन्य उपचारपछि घर फर्किसकेका छन् । 
हाल ६९ जना सक्रिय संक्रमित रहेको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप