गुल्मीमा ३ प्रतिनिधिसहित थप १२ जना कोरोना संक्रमित
गुल्मी । गुल्मीमा ३ जना जनप्रतिनिधिसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ईस्मा गाउँपालिकामा क्वारेन्टाईनमा बसेका ५ जनाको स्वाब परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको र चन्द्रकोटमा ३ जना जनप्रतिनिधिसहित ७ जनाको रिपोर्ट पनि सोमबार नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीकाअनुसार ३ जना जनप्रतिनिधि र विभिन्न व्यवसाय गर्ने समुदायका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुलाई होम आईसोलेसनमा राखिएको छ । जनप्रतिनिधिहरुमा संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल्ड गर्ने विषयमा छलफल भइरहेको समेत उनले बताए ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले गाउँपालिकामा ८ शैयाको आईसोलेशन कक्ष भएपनि उनीहरुको सुविधाका लागि होम आईसोलेसन मै राखिएको बताए । उनकाअनुसार यसअघि चन्द्रकोटमा २४ जना संक्रमित भएका थिए र ती सबैले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयकाअनुसार जिल्लाभर संक्रमितको संख्या ४ सय पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण