डोटीमा २१ सेनासहित २४ जना कोरोना सङ्क्रमित
मङ्गलबार, १६ भदौ २०७७, १९ : १७
डोटी । नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।
दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी सङ्क्रमण भएको यो पहिलो पटक हो । कोरोना सङ्क्रमण देखिएका सैनिकलाई आइसोलेसनमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण