काठमाडौं महानगरले बढायो परीक्षणको दायरा

काठमाडौं । हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ । आज वडा ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ । केही दिनअघि काठमाडौँ उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि कामपाले हरेक दिन सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षणलाई तीव्र बनाएको छ ।
अहिलेसम्ममा वडा ३, ६, ८, २१, २६, २९ र २१ मा बिरामीको सम्पर्कमा रहेकाको परीक्षण गरिसकेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । उनका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै पोजेटिभ देखिने गरेकामा अहिले भने ५० प्रतिशतमा सङ्क्रमण देखिन थालेको छ । “कामपाको भित्रिक्षेत्रमा मानिसको अत्यधिक बसोबास छ, त्यहाँ सङ्क्रमण फैलिएको हुनसक्छ । अब त्यस ठाउँको परीक्षण गरिन्छ”, प्रमुख कुँवरले भने ।
महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र सङ्क्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न