कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो । प्राविधिक मान्छेहरुले संवेदशील विषयमा बोल्दा ध्यान दिनुपर्ने महाशाखाका निर्देशक डा.बासुदेब पाण्डेले बताए ।
आफुलाई विज्ञ भनेर चिनाउने मान्छेहरु समेत अनावश्यक भ्रम फैलाएको पाइएकोले त्यसो नगर्न उनले आग्रह गरे । संघीयता सुरु हुनुभन्दा पहिले सिधै जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर काम गर्नसकिने अवस्था भएपनि अहिले तीन तहको सरकार हुँदा आवश्यक बजेट समेत दिन समस्या भएको उनले बताए । महामारीको समयमा स्थानीय तहसम्म स्वास्थ्य संस्थासँग सिधा सम्बन्ध राख्न सकिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले अहिले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण क्षमता भएपनि १८ हजार भन्दा बढी परीक्षण गर्न समस्या हुने बताइन् । ८ नीजि समेत गरी ४८ वटा परीक्षण प्रयोशालाबाट दैनिक १८ हजारसम्म परीक्षण गर्न सक्ने अवस्था रहेको उनले बताइन् ।
स्वाव नमुना प्रयोगशालामा आएको ३८ देखि ४८ घण्टासम्म सामान्यतया रिपोर्ट आउने भएपनि तत्काल परीक्षण गर्नैपर्ने र २, ३ दिनपछि पनि परीक्षण गर्दा हुने स्वावहरु सँगै आउँदा केही समस्या देखिने गरेको उनले बताइन् । रिपोर्ट पोजेटिभ आएकाहरुलाई ट्रेसिङ नगरी तत्काल रिपोर्ट दिदाँ व्यवहारिक समस्याहरु आउने गरेको उनले जानकारी दिइन् ।
प्रयोगशालाहरुमा जनशक्ति अभाव रहेको र नीजि क्षेत्रमा प्रयोगशाला सञ्चालनका लागि दबाव आउने गरेको उनले बताइन् । नीजि क्षेत्रले विशुद्ध व्यापारिक हिसाबले इच्छा देखाउने गरेको पाइएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण