चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजारमाथि
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको हो । चितवन मेडिकल कलेजको नतिजाअनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका आठ, तनहुँका दुई र नवलपुरका एक जना रहेका छन् ।
हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या ६५७ जना पुगेको छ । यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन् ।
इच्छाकामना गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या चार रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये १८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो पटक थपिएका १९ बाहेक जिल्लामा रहेका अन्य सङ्क्रमितमध्ये होम आइसोलेसनमा २५५ र संस्थागत आइसोलेसनमा ५३९ जना रहेका छन् । सङ्क्रमितमध्ये महिला ४०४ र पुरुष ५७८ रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा १२ सङ्क्रमितको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालहरुमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यस जिल्लामा गत वैशाख ५ गते पहिलो पटक सङ्क्रमण देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण