सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
मृतक मिर्चैया नगरपालिका वडा नः ५ को रहेको जनाइएको छ ।
भदौं २१ गाते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे ९ बजे ज्यान गएको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ।
शुक्रबार करोना संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यसअघि फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हामा भर्ना गराएकाथिए त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपु पुगेका उनको अन्तत ज्यान गुमाउनु परेको छ ।
उनी उच्च रक्तचाप र मधुमेह डाइबीटिज बिरामी समेत रहेको थियो ।
योसहित सिरहामा करोनाबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ। मिर्चैया नगरपालिकामा मात्र ३ जनाले करोनाबाट ज्यान गुमाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण