२४ घन्टाको खोजविनपछि जलाशयमा बेपत्ता युवक मृत फेला
दाङ । २४ घन्टाको खोजबिन पछि जलाशयमा बेपत्ता युवक मृत फेला परेका छन् । घोराही उपमहानगरपालिका–४ को भकारेमा निर्माण गरिएको कृत्रिम जलाशयमा वेपत्ता भएका युवक मृत फेला परेका हुन् । २४ घण्टाको खोजविन पछि जलाशयमा बेपत्ता युवकको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
युवकको शव खोजी गर्नका लागि गोताखोर बोलाएपनि जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । हिजोदेखि खोजतलासमा जुटेको प्रहरीले सोमबार दिउँसो ३ बजे स्थानीय २३ वर्षीय गोपाल विकको शव फेला पारेको प्रहरी निरिक्षक राजन गौतमले बताए। उनले डुबेर बेपत्ता सुनारको शव जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान प्रभु सुनारले फेला पारेको पनि जानकारी दिए ।
आइतबार दिउँसो नुहाउने क्रममा विक डुबेर बेपत्ता भएका थिए। बेपत्ता युवक आइतबार दिनभर पनि फेला नपरेपछि सोमवार गोताखोर बोलाइएको थियो । तर प्रहरीले गोताखोर आउनुपूर्व नै शव फेला पारेको हो । आइतवार नेपाल प्रहरी, नेपाली सेना लगायतका स्थानीयले खोजी कार्य गरेपनि नभेटेपछि वेपत्ता युवकको शव खोज्न गोताखोर मगाइएको थियो ।
गोताखोर नआउँदै प्रहरि जवान सुनारले शव फेला पारेका हुन् । प्रहरी जवान सुनारले यसअघि पनि घोराहीको गुलरियाको तालमा डुबेर मरेका युवकहरुको शव फेला पारेका थिए । कृत्रिम जलाशय निर्माण गरिएपनि ती जलाशयहरुमा तारबार नहुँदा वर्षेनी डुबेर मृत्यु हनेहरुको संख्या बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण