‘तिम्रो आँखाको भाकामा’ डा.ध्रुवसँग सरुको प्रेम गाथा
काठमाडौं । बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठको रचना रहेको गीत ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक भएको छ । भक्तपुरस्थित सिद्धी मेमोरियल अस्पतालका डा.श्रेष्ठले आफ्नो प्रेमगाथा गीतमा उतारेका हुन् । गायक सनुप पौडेलको स्वर रहेको गीतमा सुमन रञ्जितकारको संगीत र विवेक शाक्यको संगीत संयोजन रहेको छ ।
गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा गीतकार डा. ध्रुव आफैं मोडलिङमा देखिएका छन् भने उनलाई अभिनयमा उनकै पत्नी नर्स सरु बुढाथोकीले साथ दिएकी छन् । जीवन आचार्यको निर्देशन रहेको म्यूजिक भिडियोमा प्रेमकथा प्रस्तुत गरिएको छ । जुन डा.श्रेष्ठकै जीवनका प्रेमिल पलहरु हुन् ।
कोरोनाभाइरसको महामारीले विश्व नै आक्रान्त बनेको वर्तमान समयमा चिकित्सकहरुको जीवन झनै पीडादायी बन्दै गइरहेको छ । यही अवस्थाबाट एकैछिन भएपनि ब्रेक लिन भिडियो मार्फत चिकित्सककै भूमिका आफुले नै अभिनय गरेको डा. श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण