को हुन् कंगनाका वकिल रिजवान सिद्दीकी, यसकारण भनिन्छन् सेलिब्रिटी वकिल
बलिउड क्विन भनिने कंगना रनौत लगातार चर्चामा आइरहेकी छिन् । पछिल्लो पटक उनी मुम्बई स्थिती उनको अफिसमा बीएमसीको कारवाहीपछि सोसल मिडियामा ट्रेन्ड नै हुन थालिन् । यो पूरा मामिला बम्बे उच्च अदालत पुग्यो, त्यसपछि उनका वकिल रिजवान सिद्दीकी पनि चर्चामा आए ।
उनmले कंगनाको तर्फबाट बम्बे हाइकोर्टमा याचिका दर्ता गरे जसमा अदालतमा निर्णय पनि दियो । स्मरण रहोस् रिजवान सिद्दीकी पहिले देखि नै मुम्बईमा सेलिब्रिटी वकिल भनिन्छन् । यसको मुख्य कारण यो हो कि उनले कंगनाको मात्रै नभई अन्य फिल्मी कलाकारको पनि मुद्दा लडिसकेका छन् । यसअघि उनी नवाजुद्दिन सिद्दीकीका पनि वकिल भइसकेका छन् । यतिमात्रै होइन, उनले प्रियंका चोपडाको मुद्दा पनि लडिसकेका छन् ।
ऋतिक मामिलामा पनि कंगनाका वकिलः
रिजवानले यसअघि पनि कंगनाको वकिलको रुपमा काम गरिसकेका छन् । जब कंगनाले ऋतिक रोशनमाथि मुद्दा दर्ता गरेकी थिइन् तब उनका वकिल रिजवान रहे । त्यतिबेला उनी खासै चर्चामा भने थिएनन् । तर कंगनाको केसमा उनले लगातार बम्बे हाइकोर्टको निर्णयमा आफ्नो बयान दिइरहेका थिए । त्यसैले उनले मिडियामा अत्यधिक चर्चा बटुलेका थिए ।
स्मरण रहोस्, कंगना रनौत र महाराष्ट्र सरकारबीचको वाक्युद्धले व्यापक रुप लिइसकेको छ । बुधबार बीएमसीले कंगनाको पाली हिलस्थित अफिसमा बुलडोजर चलायो र कंगनाको ४८ करोडको बंगलामा जबर्जस्ती तोडफोड भयो ।
कंगना रनौतको तर्फबाट रिजवान सिद्दीकीले मुद्दा दर्ता गरे । कंगना रनौतका वकिल रिजवान सिद्दीकी भिडियो कन्फरेन्सिङमार्फत् सुनुवाईमा समावेश भए ।
एकपटक भइसकेका छन् पक्राउः
सन् २०१८ मा फिल्म अभिनेता नवाजुद्दिन सिद्दीकीसँग जोडिएको एक मामिलामा मुम्बई प्रहरीले वकिल रिजवानलाई पक्राउ गरेका थिए । मुम्बई प्रहरीले उनीमाथि नवाजुद्दीनकी श्रीमतीको कल डिटेल रेकर्ड निकालेको आरोपमा पक्राउ गरेको थियो । त्यसपछि यो मामिलामा बम्बे हाइकोर्टले रिजवानको गिरफ्तारीलाई अवैध मानेको थियो ।
अदालतले रिजवानलाई तत्काल रिहा गर्न आदेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण