आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सडक किनारमा सुत्थे अनुराग कश्यप, यसरी बने चर्चित निर्देशक

बिहीबार, २५ भदौ २०७७, १४ : ५७
बिहीबार, २५ भदौ २०७७

बलिउडका चर्चित निर्देशक अनुराग कश्यप चलनचल्नीभन्दा फरक फिल्म बनाउँछन् । बलिउडमा उनको फिल्म रुचाउने दर्शकको अलग वर्ग नै छ । ग्याङ्स अफ वासेपुर, बम्बई टाकिज, बम्बई भेल्भेटलगायत फिल्मका यी निर्देशकले सुरुवाती दिनमा निकै संघर्ष गर्नुपरेको थियो । आज अनुराग ४८ औं वर्षमा प्रवेश गरेका छन् । 

बलिउडमा होमिन मुम्बई आएका अनुरागले पैसा सकिएपछि धेरै रात सडक किनारमा बिताउनुुपरेको थियो । उत्तर प्रदेशको गोरखपुरमा १० सेप्टेम्बर १९७२ मा अनुराग जन्मिएका थिए । जागिरे बाबुसँगै बाल्यकालमा उनी धेरै शहर घुमे । उनको सुरुवाती अध्ययन देहरादूनको ग्रिन स्कुल र ग्वालियरको सिन्धिया स्कुलमा भएको थियो । यसपछि थप अध्ययनका लागि उनी दिल्लीको हंसराज कलेजमा भर्ना भए । यही दौरान नाट्य समुह ‘जन नाट्य मञ्च’ सँग उनी जोडिए, त्यस समय यस समूहले सडक नाटक गर्ने गरेको थियो । 

१९९३ मा स्नातक सकेपछि उनले मुम्बई जाने निर्णय लिए । खल्तीमा ५ हजार बोकेर उनी मुम्बई आएका थिए । जहाँ, उनले निकै संघर्ष गर्नुप-यो । 
पैसा अभावमा उनले कयांै रात मुम्बईको सडक किनारमा सुतेर बिताए । १९९८ मा मनोज बाजपेयीले कथा लेखनका लागि अनुराग कश्यपको नाम राम गोपाल बर्मासामुु सिफारिस गरे । रामगोपाललाई अनुरागको लेखन मनप-यो । अनि उनले सत्या फिल्मका लागि सौरभ शुल्कासाग मिले कथा लेख्ने मौका पाए । 

अनुरागले निर्देशन बनाएको पहिलो फिल्म ‘पाँच’ विवादका कारण रिलिज हुन पाए । उनलाई ठूलो पहिचान २०१२ मा प्रदर्शनमा भएको ‘ग्याङस् अफ वासेपुर’ ले दिलायो । यो फिल्म उनले दुुई भागमा बनाएका थिए । दुुबै पार्ट अत्याधिक रुचाइए, अर्थात अनुरागका लागि यो फिल्म टर्निङ पोइन्ट साबित भयो । यो फिल्म बलिउडका उत्कृष्ट अभिनेतामध्येका एक नवाजुद्दित सिद्धिकीका लागि पनि टर्निङ पोइन्ट थियो । फिल्मको दोस्रो पार्टमा नवाजुद्दित लिड रोलमा थिए, उनी स्टार बनेको यही फिल्मबाट हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप