सुर्खेतमा दुई लेखापढी व्यवसायी पक्राउ
सुर्खेत । सुर्खेतको मालपोत कार्यालय परिसरमा भीड गराउने दुई लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेर सेवा दिन निर्देशन दिए पनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई आज पक्राउ गरिएको हो ।
कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
पक्राउ परेका लेखापढी व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन । मालपोत कार्यालय परिसरमा बसेका लेखापढी व्यवसायीहरूलाई मालपोत कार्यालयको पश्चिमतर्फको क्षेत्रमा व्यवस्थापन गरिएको थियो तर त्यहाँ बस्न अटेरी गरेर मालपोत कार्यालय परिसरमा आएर सेवाग्राहीलाई भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पठाइने भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण