वाइवाइ नेपाल स्टारको तेस्रो राउण्ड शनिबारदेखि
नेपाल टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्ड यही शनिबारबाट सुरु हुने भएको छ । दोस्रो राउण्डबाट छानिएका ४८ प्रतिस्पर्धीले तेस्रो राउण्डमा प्रवेश पाएका छन् । यही राउण्डबाटै प्रतिस्पर्धीहरुले लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्नुपर्नेछ । जहाँबाट छानिंदै अगाडि बढ्नका लागि प्रतिस्पर्धीहरुलाई यहाँ पनि निर्णायकहरुको मार्ककै आवश्यकता पर्नेछ । तुलनात्मक रुपमा कम मार्क प्राप्त गर्ने प्रतिस्पर्धीहरुले भने यही राउण्डबाट बिदा लिएर घर फर्किनेछन् ।
यस अघि डिजिटल राउण्डका रुपमा प्रसारित राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जना सहभागी थिए । तिनै ११७ मध्येबाट छानिएका ४८ प्रतिस्पर्धीको बीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड - १९ को विषम परिस्थितिका कारण प्रशारण अवरुद्ध भएको थियो । अहिले स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउँदै हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा निर्माण टोली रहेको वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठले बताए । कार्यक्रमको निर्णायकमा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री रहेका छन् ।
कार्यक्रमका विजेता हुनेले पैंतीस लाख, दोस्रो, तेस्रो र चौथोले पाँच पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण