कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा
म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।
जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राबिधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो ।
दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ । चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए । चितुवाले पु¥याएको क्षतिको विवरण आज सङ्कलन गरिने हरियाली ग्रुप प्रालिका महाप्रबन्धक शेरबहादुर केसीले बताए ।
हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलो पटक वनकुखुरा भनिने कालिज पालन शुरु गरेका छन् । समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । छ महिनाका कालिज दुई किलोका भएका छन् । पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण