विवादमा फसेर तनावमा छिन् कंगना ? भनिन्, ‘उल्झँदै गइरहेकी छु’
नायिका कंगना रनौत विवादमा छाइरहन्छिन् । कंगनाले शिवसेनासँग निहुँ खोजेपछि उनी झनै समस्याले घेरिएकी छिन् । कहिले उनको अफिसमा तोडफोड हुन्छ त कहिले उनलाई विभिन्न प्रकारको धम्की दिइन्छ । नायिकाले पनि प्रत्येक पल्ट कडा जवाफ दिँदै आएकी छिन् । तर उनी आजकाल यो सबै कुराले तनावमा भएको जस्तो देखिन्छिन् । यसले आफूलाई उल्झाइरहेको पनि महसुस गरिरहेकी छिन् ।
विवादमा फसेर तनावमा भइन् कंगना ?
कंगना रनौतले सोसल मिडियामा एउटा यस्तो ट्वीट गरेकी छिन् जुन हेर्दा यस्तो लाग्छ कि उनी तनावमा छिन् । उनले लेखेकी छिन्, ‘थुप्रै पटक यो उल्झनबीच यस्तो लाग्छ कि म निकै प्रभावित भइरहेकी छु । कहाँ आइपुगेकी छु ? म बुझ्न सकिरहेकी छैन । जीवनले मलाई जुन चुनौती पेश गरिरहेको छ, म त्यसलाई पार पाउने कोसिस गरिरहेकी छु तरपनि चुनौतीले छोड्दैनन् । म पूरा कोसिस गर्छु तरपनि पुनः उल्झँदै गइरहेकी छु ।’
उद्धव ठाकरेलाई भनिन् रावण ?
अब कंगनाले यो पोस्टसँग एउटा फोटो पनि सेयर गरेकी छिन् । उनी कुनै मुद्दाको विषयमा उल्झँदै गइरहेको यो फोटोले इन्गित गर्छ । प्रशंसकले पनि नायिकालाई ठिक छ–छैन भनेर सोधिरहेका छन् । यसमा उनले जुन मीम सेयर गरेकी छिन् त्यो कंगना ठाकरे सरकारविरुद्ध देखिएको छ । मीममा उद्धव ठाकरेलाई रावणको रुपमा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण