बौद्धमा ट्रेकिङ गाइडको शंकास्पद मृत्यु
काठमाडौं । बौद्धको नयाँ पाटीस्थित एक घरमा ट्रेकिङ गाईडको शंकास्पद मृत्यु भएको छ । गएराती साढे १२ बजे खोटाङ घर भई आरुबारीमा डेरा गरेर बस्ने ४० वर्षीय पासाङ शेर्पाको मृत्यु भएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्किले रातोपाटीलाई बताए ।
घट्नामा सोछपुछका लागि प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ । मध्यराती ट्याक्सीमा हालेर अस्पताल लैजान खोजेको अवस्थामा प्रहरीले नयाँपाटीबाट शेर्पाको शव बरामद गरेको थियो । शेर्पा साँझ ती महिलाको कोठामा गएका थिए । त्यहाँ उनले अत्यधिक मदिरा सेवन गरेको र बान्ता समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरु दुवैजना डिभोर्सी हुन् ।
शव पोष्टमार्टामका लागि त्रिवि शिक्षण अस्पताल महारागञ्जमा पठाइएको छ । शेर्पालाई स्वास्थ्य समस्या भएपछि आफुले ट्याक्सीमा राखेर अस्पताल लान खोजेको महिलाले प्रहरीलाई बताएकी छिन् । तर, पासाङले महिलाको कोठामा नै ज्यान गुमाइसकेका थिए । शरीरमा चोटपटक नदेखिएको हुनाले पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने डिएसपी कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण