आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

आमिर खानका यी फिल्म जून कहिल्यै पूरा हुन सकेनन्

आइतबार, २८ भदौ २०७७, १४ : २१
आइतबार, २८ भदौ २०७७

आमिर खान हरेक फिल्मका लागि धेरै समय लिन्छन् र अत्यधिक  मिहिनेत गर्छन् । तर उनका केही यस्ता फिल्म पनि छन् जुन कहिल्यै पूरा हुन सकेनन् ।  

शेखर कपुरको टाइम मसिनः

मिस्टर इन्डियाजस्तो साइन्स फिक्सन प्रोजेक्ट थियो, ‘टाइम मसिन’ जुन शेखर कपुरले सन् १९९२ मा बनाउन चाहन्थे । यसका लागि आमिर खान, रबिना टन्डन, नसिरुद्दीन शाह, रेखा, गुलशन ग्रोवर, अमरिश पुरी र विजय आनन्दलाई साइन गरेका थिए । वास्तवमा उनी हलिउडमा सन् १९८५ मा रिलिज भएको सुपरहिट फिल्म ‘बैंक टू द फ्यूचर’ बाट प्रभावित थिए । आमिर खान जो ९० को दशकमा टाइम मसिनमार्फत् टाइम ट्राभल गरेर सन् १९६० को दशकमा जान्छन् र त्यसपछि आफ्ना आमाबुवा रेखा र नसीरुद्दीन शाहलाई भेट्छन् । विजय आनन्दले टाइम मसिन बनाउने वैज्ञानिकको भूमिका निभाउनु थियो जबकि अमरिश पुरी र गुलशन ग्रोवरले भिलेनको भूमिका निभाउनु थियो । फिल्म लगभग आधा सुटिङ पनि भएको थियो तर पैसाको कमीका कारण फिल्म बीचमा नै रोक्नुपर्यो र शेखर कपुरले भारत छोडेर अमेरिका जानुपर्यो । यद्यपि, सन् २००८ मा शेखर कपुरले पुनः नयाँ स्टार कास्टसहित यो फिल्म बनाउने कोसिस गरेका थिए तर हुन सकेन ।

‘ठग्स अफ हिन्दोस्तान’ होइन आमिर र बिग बीको पहिलो फिल्मः

जुन जोडीलाई दर्शकले दशकौंदेखि सँगै हेर्ने प्रतिक्षा गरिरहेका थिए त्यो ‘ठग्स अफ हिन्दोस्तान’मा आउँदा नराम्रोसँग फ्लप भयो । तर आमिर र अमिताभले सँगै काम गरेको पहिलो फिल्म यो होइन । यसअघि रिश्ता नामको फिल्म यी दुईलाई ध्यानमा राखेर बनाउने तयारी गरिएको थियो । यो फिल्मको निर्देशकमा छानिएका थिए, इन्द्र कुमार जसले आमिर र माधुरीसँग सुपरहिट फिल्म बनाइसकेका थिए । यो फिल्मको एक मूहूर्त शट पनि मुम्बईको फिल्म सिटीमा छायांकन गरिएको थियो जसमा मिडियालाई पनि बोलाइएको थियो । यो शटमा अमिताभ, आमिर र माधुरी तीनजना नै थिए । पछि तीनैजनाले मिडियासँग कुराकानी पनि गरे । यो प्रोजेक्ट किन बन्द भयो, यसबारे भिन्न भिन्न बयान आए । ‘ठग्स अफ हिन्दोस्तान’ को पत्रकार सम्मेलनमा बिग बीले भने, ‘हामीले त थुप्रै प्रोजेक्टमा सँगै काम गर्ने अफर पाएका थियौं तर भाइसाहब (आमिर खानतर्फ इशारा गर्दै) ले अस्विकार गरे । यो मेरो भाग्यको कुरा हो कि म उनीसँग काम गरिरहेको छु ।’ आमिरले तत्काल भने, ‘बच्चन साहबसँग काम गर्न अस्विकार गर्ने ? मेरो यत्रो हिम्मत कहाँ र ? ’ इन्द्र कुमारले भने, ‘म त्यतिबेला इश्क फिल्म पनि गरिरहेको थिएँ, एकैसाथ दुई फिल्म सम्हाल्न मुश्किल थियो, बिग बीसँग न्याय गर्न सक्दिनथेँ ।’

हजार करोड भारुको मेगा प्रोजेक्ट ‘महाभारत’

आमिर खान वर्षौंदेखि यो प्रोजेक्टमा काम गरिरहेका छन् । उनी ‘गेम अफ थ्रोन’ जस्ता ठूला फिल्म बनाउन चाहन्थे र यसको बजेट करिब हजार करोडको बताइँदै छ । हरेक ठूला बलिउड स्टार, ए लिस्टर कलाकार यो फिल्ममा होउन् भन्ने योजना थियो । आमिर खान यो फिल्ममा आफैं श्रीकृष्णको भूमिका निभाउने बताइएको थियो । तर फिल्म ‘महाभारत’ को सुटिङका लागि ठूला स्टारको डेट र आर्थिक समस्याका कारण अघि बढ्न सकेको छैन । आमिर लाल सिंह चड्डा र मुगलजस्ता फिल्म पूरा गरेपछि आमिरले महाभारतको सुटिङ गर्ने बताइएको छ ।

आमिर–करिनाको पहिलो प्रोजेक्ट थियो लाज्जोः

लाज्जो इस्मत चुगताईको कहानी थियो, करिना कपुर विशेष गरी यसका लागि उत्साहित थिइन् । सनउ् २००६ मा उनलाई मणि रत्नमले यो फिल्मका लागि साइन गराएका थिए । उनी आमिरसँग फिल्म अभिनय गर्न निकै लालायित थिइन् । उनले यो अफर पाउँदा यसकारण पनि खुसी थिइन् कि यसअघि उनी एक पिरियड फिल्म ‘अशोका’ मा शाहरुखसँग काम गरिसकेकी थिइन्, दोस्रो आमिरसँग हुन्थ्यो । तर यो फिल्म कुनै न कुनै कारण रोकिइरह्यो र अन्त्यमा बन्द नै भयो । पछि यी दुईको फिल्म ‘थ्री इडियट्स’ सुपरहिट भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप