कोरोना विशेष अस्पतालमा ५ दिनभित्रै आईसीयू सेवा
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको निर्देशनपछि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ५ दिनभित्रै आईसीयू सेवा सञ्चालन हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अस्पताल व्यवस्थापनका सदस्य सचिव डा. सर्वेश शर्माले कोरोना विशेष अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्ने बताए । ‘वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. जितनारायण यादवको नेतृत्वमा एनेस्थेसियाका डाक्टरसहितको टिमले आगामी ५ दिनभित्रै कोरोना विशेष अस्पतालमा आईसीयू सेवा सञ्चालनमा ल्याउनमा विश्वस्त छु, आवश्यक उपकरण जडान र मोनिटर व्यवस्थापनको काम भइरहेको छ,’ सदस्य सचिव शर्माले भने ।
तात्कालीन प्रादेशिक अस्पताल तुलसीपुरमा आईसीयू सेवाका लागि लिइएका उपकरणहरु बेलझुण्डीमा लगिएका छन् । दुवै अस्पताल प्रादेशिक भएकाले एक अस्पतालका सामान अर्को अस्पतालमा लैजान मुख्यमन्त्री शंकर पोखरेलले फुकुवा गरेका थिए ।
तर बेलझुण्डी कोरोना विशेष अस्पतालका लागि कुनै स्थायी दरबन्दी भने प्रदेश सरकारले तोक्न सकेको छैन । प्रादेशिक अस्पतालका जनशक्तिलाई काजमा लगेर कोरोना विशेष अस्पताल सञ्चालन गर्दा अन्य नियमित बिरामीहरुका लागि भने बरिष्ठ फिजिसियन सेवा भने कटौती भएको छ ।
कोरोना विशेष अस्पताल स्थापनाकै क्रममा तत्कालीन तुलसीपुर अञ्चल अस्पतालमा सेवाका लागि तयारी अवस्थामा रहेका मेसिनलाई ल्याएर जडान गरेपनि बेलझुण्डी कोरोना विशेष अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन भने हुन सकेको छैन ।
तत्कालीन अस्पतालका मेसु डा. भोलाराम श्रेष्ठले अञ्चल अस्पतालमै आईसीयू सेवा सञ्चालनका लागि जनशक्ति एवं मेसिन र आवश्यक उपकरणको समेत व्यवस्थापन गरेका थिए ।
विश्वव्यापी कोरोनाको महामारी नियन्त्रणकै अभियानमा ५ नम्बर प्रदेश सरकारले अन्य कुनै विकल्प नखोजी आयुर्वेद स्नातक पढ्ने विद्यार्थीहरुको अध्ययन थलोलाई जवर्जस्तरुपमा कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरेको थियो ।
प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलकै दबाबमा एउटा आयुर्वेद क्याम्पसमा कोरोना विशेष अस्पताल बनाइएको थियो । तर विशेष अस्पताल बनाएसँंगै मुख्यमन्त्री पोखरेलले सो अस्पतालमा कुनै दरबन्दी सिर्जना गर्न सकेनन्, नत विशेषज्ञ चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी नै ।
तत्कालीन तुलसीपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाइएसँगै बिजौरीको आयुर्वेदिक अस्पताललाई पनि प्रादेशिक अस्पतालमा गाभिएको थियो । यी दुवै प्रादेशिक अस्पतालका जनशक्ति र त्यहीँका आवश्यक उपकरण तथा बेडसमेत बेलझुण्डीमा लगेर कोरोना विशेष अस्पतालका नाममा सञ्चालन गरिएको हो ।
मुख्यमन्त्री पोखरेलले बेलझुण्डी कोरोना विशेष अस्पताल सञ्चालनका सन्दर्भमा आवश्यक उपकरण र जनशक्तिका विषयमा कुनै पनि पहल नगरेकोमा तुलसीपुरबासीले गुनासो गरिरहेका छन् । तुलसीपुर प्रादेशिक अस्पतालका आएका सामानहरु जवर्जस्तरुपमा बेलझुण्डीको म्यादी अस्पतालमा लगेर तुलसीपुरबासीको स्वास्थ्यमा खेलवाड गरिएको स्थानीयबासीले बताएका छन् ।
पछिल्लो समयमा स्थायी अस्पतालमा भएका सामग्री समेत म्यादी अस्पतालमा ल्याएर त्यसलाई वैधानिकता दिने काम भने हुन सकेको छैन । तर पनि आईसीयू मेसिन भएर पनि सेवा भने उपलव्ध नभएको अवस्थामा ५ नम्बर प्रदेशको विशेष ध्यानाकर्षण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण