बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छः पाकिस्तानी प्रधानमन्त्री
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ । सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा राख्नुभएको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उनले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।
पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन् । त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् ।
गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो । त्यसपछि उनका गरगहना पनि लुटिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् ।
महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शृनहरु भएका हुन् । त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण