फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको लक्षण नदेखिए कोरोना परीक्षण नहुने
मङ्गलबार, ३० भदौ २०७७, १३ : २०
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको कोरोना परीक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय मातहतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले कोरोनाभाइरस परीक्षणको सम्वन्धमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रालयले लक्षण देखिएका व्यक्तिहरूको मात्रै कोरोना परीक्षण गर्ने भएको छ ।
उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाई कर्मचारीहरूमा लक्षण देखिए र सुरक्षा सामग्री सहि तरिकाले नलगाएको खण्डमा पीसीआर परीक्षण गर्ने भएको छ । रोग प्रतिरोधी क्षमतामा समस्या भएका व्यक्तिलाई पीसीआर परीक्षण गर्ने गरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण